ज्ञानकाजी तामाङ
क्यालिफोर्निया । आगमी जुन १८ देखि २० सम्म क्यालिफोर्निया राज्यको सेन फ्रान्सिस्कोमा तामाङ समुदायको साझा संस्था तामाङ समाज उत्तर अमेरिका (TSNA) को दोश्रो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष तथा महाधिवेशन आयोजना व्यवस्थापक शेर लामाले बताए । ३ दिन सम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन कार्यक्रमसंगै मौलिक तामाङ संस्कृति सहितको सांगीतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

उद्घाटन सत्रमा चर्चित कलाकार निमा रुम्बा र छिरिङ लामाले प्रस्तुती दिनेछन् । दोस्रो दिन वन्दसत्र सम्पन्न गर्दै तेस्रो दिन नयाँ कार्यसमिति चयन गरि महाधिवेशन सम्पन्न हुनेछ ।

महाधिवेशनका लागि अमेरिकाको विभिन्न राज्यबाट १०० भन्दा बढि प्रतिनिधि आउनेछन् भने ३०० जना भन्दा बढि सहभागि हुने व्यवस्थापक समितिका सचिव ज्ञान तामाङले जानकारी दिए ।

0Shares