गुन्मा, जापान | NRNA Gunma द्वारा आयोजित 1st Friendly Futsal Tournament – 2026 उत्साह र खेलभावनाका साथ सम्पन्न भएको छ।
2026 जनवरी 2 मा संचालन भएकाे फुटसल प्रतियाेगितामा १६ टिम सहभागी भएकाे थियाे । प्रतियोगितामा Oizumi FC ले उपाधि हात पारेकाे छ भने Lyanger FC उपविजेता बनेको छ । सेमिफाइनलमा Kalbhairav FC र AFO MAEBASHI B पुगेकाे थियाे ।
आयोजकले सहभागी टिमहरू, सहयोगी संघ–संस्था, दाताहरू, फोटोग्राफी टिम, पत्रकार तथा ट्राभल पार्टनर Royal Route International Travel प्रति आभार व्यक्त गरेको छ। कार्यक्रम सम्पन्न गर्नका लागि कार्यक्रम अवधिभर खटिनु हुने सस्थाका सल्लाहकारज्यूहरू र NRNA Gunma कार्यसमिति प्रती समापन कार्यक्रम बिच आभार व्यत्त गरिएको थियो।
Photo: Ghising L Ram
अध्यक्ष: NRNA Gunma

