दाङ्बोला ग्युईठीम तामाङ संघको कार्यालय विधिवत रुपमा उद्घाटन, स्रष्टा तथा समाजसेवीलाई गरियाे सम्मान

काठमाण्डौ । दाङ्बोला ग्युईठीम तामाङ संघको कार्यालय विधिवत रुपमा उद्घाटन गरिएको छ । तामाङ जातीको लोप हुन लागेको मौलिक भाषा संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले स्थापना गरिएको दाङ्बोला ग्युईठिम तामाङ संघको कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं. ५, नयाँवस्ताीमा संचालनमा आएको हो ।

दाङ्बोला ग्युईठीम तामाङ संघको केन्द्रीय कार्यालयलाई गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सन्नानी लामाले बत्ती बालेर उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रमा सामाजिक अभियन्ता तथा कान्छीमाया तामाङ फाउण्डेसनका अध्यक्ष डा. दिल बहादुर थोकर, चलचित्र क्षेत्र जगतमा परिचित तथा तामाङ चलचित्र संघका अध्यक्ष नायक कुमार मोक्तान, उत्कृष्ट नायिका चाँदनी मोक्तान, चलचित्र निर्देशक डिबी लामा, ताम्बाविद धन बहादुर तामाङ, तामाङ फापरे जुहारीबाट कविता थोकर र जंग बहादुर घिसिङलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख लामाले हामी तामाङनै भएतापनि मौलिक भाषा, संस्कार संस्कृति बिर्सदै गएको र नयाँ पुस्ताले यसलाई आत्मसात नगरेका कारण हाम्रो परम्परा लोप हुँदै गएको बताइन । थपमा उनले भनिन प्रत्येक हाम्रो छोरा छोरीलाई तामाङ भाषाको विकास गर्नमा जोड गर्न पनि अनुरोध गरिन् ।

तामाङ जातीको लोप हुन लागेको हरेक ऐतिहासिक विषयवस्तुलाई उठान गर्दै तामाङ वस्ती र समुदायसम्म जनचेतना, संस्कृति, परम्परालाई जगेर्ना गर्नको निमित्त आफू र आफ्नो संस्था संधै लागी पर्ने संघका अध्यक्ष तथा यस कार्यक्रमा सभापति मिक्मर तामाङले जनाएको छ ।

Photo Credit: AashaaPura Digital


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *