ह्याङला वाफल युवा समाजको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा कमलेस योञ्जन

काठमाण्डौ । सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका वडा नं. ३ मा रहेको ह्याङला वाफल युवा समाजको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको बन्द सत्रले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संस्थाको नव निर्वाचित अध्यक्षमा कमलेस योञ्जन, उपाध्यक्षमा पञ्चमान मोक्तान, कोषाध्यक्षमा चिनकाजी तामाङ, सचिवमा विकास तामाङ रहेको छ भने सदस्यहरुमा सचिन खरेल, चमेली तामाङ, सविता तामाङ, अनिस तामाङ, अविषेक तामाङ, रमेश तिमल्सिना, युनिसन योञ्जन,सौरभ खरेल र लालध्वज तामाङ सहितको १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

नव निर्वाचित अध्यक्ष योञ्जनले संस्थाको विधानलाई संसोधन गरी धार्मिक, सामाजिक, सांस्कृतिक पक्षलाई समेटेर वृहत तरिकाले संस्थालाई अगाडि बढाउने योजना रहेको बताए । विगतको वर्षदेखिै सामाजिक कार्यहरुमा अग्रणी भूमिका निर्वाह गर्दै आएका संस्थाले साधारण सभासंगै हालै निर्वाचित लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, उपाध्यक्षमा निर्वाचित मीठु देवी लामा लगायत वडामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान पनि गरेको छ ।

काठमाण्डौ स्थित नेपाल तामाङ घेदुङको हलमा सम्पन्न सभालाई हालै निर्वाचित लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथि राजु लामाले दियो बत्ती (छ्युमी) बालेर उद्घाटन गरेका हुन् । कार्यक्रमको विशेष अतिथिमा भने गाउँपालिकाका उपाध्यक्ष मीठु देवी लामा, अतिथिहरुमा नव निर्वाचित वडा अध्यक्षहरु र विभिन्न संघ संस्थाको प्रतिनिधिहरु रहेका थिए ।

तत्कालिन अध्यक्ष सागर लामाको नेतृत्वमा संस्थाले विविध धार्मिक, सामाजिक, सांस्कृतिक तथा परोपकारका कार्यक्रमहरु गर्दै संस्थाको श्रीवृद्धिको लागि सक्दो प्रयास गरेको बताए । उनले संस्थाप्रति देखाएको सक्रियतालाई मूल्यांकन गर्दै संस्थाले सम्मान समेत गरेको छ । लामाले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा प्रमाण पत्र दिँदै कार्यक्रलाई समापन गरेका हुन् ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *