सेवाग्राहीलाई छिटो सेवा संगै विकास निर्माणमा फड्काे मार्नुपर्छ: मीठु देवी लामा

काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका उपाध्यक्ष मीठु देवी लामाले अघिल्लो जानप्रतिनिधिलाई भन्दा हामीलाई धेरै कुराहरुमा सहज रहेकोले सेवाग्राहीलाई छिटो सेवा दिन तयार रहेको बताएकी छिन् ।

ह्याङला वाफल युवा समाजले आयोजना गरिएको दोस्रो साधारण सभामा विशेष अतिथिको भुमिका निभाउँदै मन्तव्य दिने क्रममा उनले पहिलेको भन्दा अहिले संरचनाहरु पर्याप्त मात्रामा बनिसकेकोले सुविधा हुने भन्दै अहिलेको जनप्रतिनिधिहरुलाई काम गर्न सहज रहेको जनाईन् ।

थपमा उनले भनिन्, अघिल्लो जनप्रतिनिधिहरुलाई धेरै गाह्रो थियो । किनकी संरचना बनिसकेको थिएन । गाउँपालिकामा विभागीय निर्देशिका बनी नसकेकोले सहज रुपमा काम गर्ने वातावरण थिएन । एउटै कोठामा अध्यक्ष उपाध्यक्षको कार्यकक्ष संचालन गरिएको थियो । पुननिर्माणको कामले पनि अत्याधिक समय खाएको थियो । कोरोना महामारीका कारण दुई पटक लकडाउनको स्थितिले काम गर्ने राम्रो वातावरण नहुँदा नहुँदै पनि उहाँहरु पछि हट्नुभएन । त्यो अवस्था अहिले सम्झिँदा दुख लाग्ने भन्दै अघिल्लो जनप्रतिनिधिहरुले गरेका कामको प्रशंसा गर्दै धन्यवाद दिईन् ।

अब यी सबै कुराहरुको सदुपयोग गरेर अहिलेको जनप्रतिनिधिहरुले सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गरेर विकास निर्माण लगायत हरेक क्षेत्रमा फड्को लिनुपर्ने बताईन । विकास निर्माणको हिसाबले अत्तरपुर, ठूलोधादिङ, लिसंखु अनि वाफललाई पनि ठुलो पाखर, पेट्कु र जेठलको दाँजोमा ल्याउन सकेमा समृद्ध नमुना गाउँपालिका बन्न सकिने बताईन् । त्यसैले प्रत्येक टोल र वडाबाट युवाहरु जागरुक भएर अघि बढ्न समेत आग्रह गरिन् । युवाहरुलाई आवश्यकता अनुसार गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग गरिने वचन समेत दिईन् ।

उनले भनिन्, हामी ३० गते भन्दा अगाडि राजनीतिक पार्टीभित्र समिलित थियोैँ । अहिले हामी तपाईहरुको मान्छे भएका छौँ । हामी तपाईहरुको सुख दुखमा साथ दिन तयार छौँ । हामी कुनै लिङ्ग, धर्म, जात र वर्गलाई विभेद गरिने छैनौँ । तपाईहरुको काम सहज हिसाबमा गर्न तयार छौँ ।

आफु महिला भएको नाताले महिलाको हक र अधिकारको विषयमा उठ्ने समस्याहरुलाई सहज ढंगले निभाउने बताईन् ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *