सम्पर्कविहीन जहाजको खोजी कार्य नेपाली सेनाले गरे आजलाई स्थगित

काठमाडौं । आज विहानबाट सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई नेपाली सेनाले स्थगित गरेको छ । मौसमका कारण आजलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।

सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १०ः११ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *