राष्ट्रपति विद्यादेवीकी मितिनी मञ्जुदेवी पोखराको उपमेयरमा भारी मतले विजयी

पाेखरा । पोखरा उपमहानगरपालिकाको उपमेयरमा राष्ट्रपति विद्यादेवीकी मितिनी तथा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि दोहोरिएकी हुन् ।

मगलबार अबेर सम्पन्न मतगणनामा उनले गठन्धनका नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई फराकिलो मतान्तरले पराजित गर्दै गुरुङ उपमेयरमा विजयी भएकी हुन् । विजयी मञ्जुदेवी राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनिसमेत हुन् ।

मञ्जुदेवी गुरुङले ६० हजार ५ सय ४६ मत ल्याइन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत पाएकी छन् ।

मञ्जुमाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् ।

उता मेयरमा भने गठबन्धनका उम्मेदवार बनेका धनराज आचार्य विजयी भएका छन् ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *