चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन !

काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् ।

चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन, चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन् । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ ।

साभार: अनलाईन खबर


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *