त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष श्रेष्ठले गरे पार्टी त्यागको घोषणा

बैशाख ११, सिन्धुपाल्चाेक। जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टी त्याग गरेको घाोषणा गरेका छन् ।

गत  २०७४ सालकाे स्थानीय तहको चुनावमा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्षमा निर्वाचित अध्यक्ष श्रेष्ठले पुनः यस पटककाे स्थानीय तहको चुनावमा उम्मेदवारीको तयारी गरेका थिए । आफूले पाईसकेको टिकट नदिन विभिन्न आरोप लगाएर पार्टी भित्रै षड्यन्त्र गरिएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत एमालेसंगको सम्बन्ध विच्छेद भएको घोषणा गरेका छन्

उनले आज बिहान फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । अध्यक्ष श्रेष्ठले लेखिएको स्टाटसमा भनेका छन् –‘नेकपा एमाले २०५१ सालबाट सक्रिएता राजनीति सुरु गरेर आज आईपुगदा म गाउँ पालिका अध्यक्ष सम्म भएँ । म यो पार्टीको काम र अध्यक्ष रहँदा निष्ठा पुर्वक जनताको काम गरेको थिएँ तर कही दिनभित्र हुने स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताको लागि मेरो उम्मेदवारी दावी थियो । टिकटको निष्चित भएपछि षड्यन्त्र पूर्वक झुट तरिकाले आरोप लगाई टिकट खोसिएको हुँदा म आज देखि नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन सदस्य, प्रदेश कमिटि सदस्य तथा संगठित सदस्यबाट समेत राजिनामा गर्दै २८ बर्षको सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु ।’

पार्टी त्याग गरेको घोषणा गरेका श्रेष्ठले केही दिनअघि पालिकामा कार्यरत एक कर्मचारीसंग आफूलाई जोडेर अर्नगल प्रचार गर्न पार्टी भित्रैबाट लागेको भन्दै पार्टी तथा साईबर व्युरोमा उजुरी समेत हालेका थिए ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *