काँग्रेस कार्यसम्पादन समितिको बैठक पुन: सर्यो

काठमाडौं । लामो विवाद र रस्साकस्सीबीच सत्तासीन गठबन्धनले महानगर र उपमहानगरमा उम्मेदवारको भागबण्डाको टुंगो लगाए । तर उम्मेदवार चयन भने अझै भइसकेको छैन ।

भागबण्डासँगै नेपाली कांग्रेसको केन्द्रदेखि स्थानीय तहसम्म असन्तुष्टिको ज्वाला दन्किएको छ । सोही कारण शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यासम्पादन समितिको बैठक बस्न सकेन । शनिबार ११ बजे बस्ने भनिएको बैठक पुन २ बजेका लागि सरेको छ ।

९ बजेदेखि बसेको पूर्वपदाधिकारीहरुको बैठक हाल पनि जारी छ । स्थानीय तहमा गठबन्धन बनाएपछि आफ्नो ठाउँमा प्रमुख नपाएका महानगर तथा उपमहानगर सबैमा असन्तुष्टि देखिएको छ ।

कांग्रेसले भाग पाएको स्थानमा पनि आकांक्षी धेरै भएपछि टुङ्गो लगाउन सकस भएको हो । विहिबार र शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा बसको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठकमा समेत उम्मेदवार चयनबारे छलफल भएको थियो । त्यस्तै शुक्रबार राति पनि सहमतिका लागि छलफल भएको थियो । यद्यपि नेताहरुको आआफ्नै अडानका कारण सहमति जुट्न सकेको थिएन ।

काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिमा कांग्रेसले प्रमुख पाएको छ । तीनै महानगरमा कांग्रेसलाई आन्तरिक गुटमा भागवण्डाको विषय पेचिलो बनेको छ ।

महानगरपालिकाको मेयर–उपमेयरका लागि काँग्रेसभित्र सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र शेखर कोइराला पक्षबीच रस्साकस्सी चलिरहेको छ ।

शुक्रबार रातिको बैठकमा सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता डा शेखर कोइरालाबीच चर्काकर्की नै भएको एक नेताले बताए । उनीबीच विराटनगरको मेयर छनौँटको विषयमा चर्काचर्की परेको बताइएको छ ।

यकाठमाडौको प्रमुख पदमा १४औं महाधिबेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाएका नेता प्रकाशमान सिंहले पत्नी सिर्जनालाई उठाउन चाहेका छन् ।

सिंहले देउवासँग निरन्तर भेट गरी सिर्जनालाई टिकट दिलाउन लबिङ गरिरहेका छन् । यता संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाको गृहनगर विराटनगरको प्रमुख पद आफुले पाउनुपर्ने अडानमा छन् ।

पार्टीभित्रका आन्तरिक गुटलाई ब्यवस्थापन गर्न सभापति देउवा हम्मेहम्मे नै परेको छ । भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा समेत चुनौती थपिदिएको छ ।

शनिबार ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महानरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार आन्तरिक टुङ्गो लगाउने कांग्रेसको तयारी छ ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *