‘हिउँ चितुवा’ नामले परिचित हिमाल आरोही आङरिता शेर्पाको निधन

काठमाडौं, ५ असाेज । ‘हिउँ  चितुवा’ नामले परिचित हिमाल आरोही  आङरिता शेर्पाको निधन भएको छ । ७२ वर्षको उमेरका शेर्पा आज विहान करिब १० बजे काठमाडाैँ जोरपाटीस्थित उनकाे निवासमै निधन भएको  हाे ।

सोलुखुम्बुको थामेमा जन्मनुभएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए । सगरमाथामा विभिन्न कीर्तिमा कायम राखेका  शेर्पा नेपालका विख्यात पर्वतारोही हुन् ।  उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । त्यसपछि नै उनलाइ ‘हिउँ चितुवा’ काे उपनामले चिनिन थालेकाे हाे ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *