काठमाडौं उपत्यकामा थप ६७४ जना संक्रमित थपे, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं, ५ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ७४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाआयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७४ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ५ सय ३८ संक्रमित थपिएका छन् भने ललितपुरमा ६२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ७४ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १७ हजार २ सय ६२ पुगेको छ । यसमध्ये काठमाडौमा १४ हजार १ सय ५०, ललितपुरमा १ हजार ६ सय ९ जना र भक्तपुरमा १ हजार ५ सय ३३ जना संक्रमित छन् ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *