सर्पको टोकाइबाट एकको मृत्यु

क्षितिज सम्बादाता

असोज ३, काठमाडौ।चितवनमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ शरदानगर का २ वर्षीय रायन रामदामको मृत्यु भएको हो ।

सुतिरहेको अवस्थामा सर्पले डसेपछि उनलाई उपचारका लागि चितवन मेडिकल लगिएकोमा उनको उपचारको क्रममा शनिबार विहान ५:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार सर्पले डस्दा मृतकको बालककी आमा २६ वर्षकी रुबी सुनार सिकिस्त भएकी छन् । यस्तै सर्पको डसाइबाट ५६ वर्षकी केशरी बिक पनि गम्भिर गम्भीर बिरामी भएकी छन् ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *