आफ्नो पक्षमा भएको प्रदर्शनप्रति कुलमानको ध्यानाकर्षण

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकमा कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि विभिन्न स्थानमा कुलमान समर्थकहरुले प्रदर्शन गर्दै आएकोमा घिसिङले शनिबार एक विज्ञप्तिमार्फत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने विश्वास लिएका छन् । 


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *