काठमाण्डौ । तामाङ जातीको लोप हुन लागेको संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको दाङ्बोला ग्युईठिम तामाङ संघको असार २८ गते मंगलबारका दिन उद्घाटन हुने भएको छ । उद्घाटन कार्यक्रमकाे लागि सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ६ बौद्ध काठमाण्डौमा कार्यालय स्थापना गरी विधिवत ढंगले सञ्चालन गर्ने गरी उद्घाटन गर्न लागिएको हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमख आतिथ्य र उप प्रमुख सन्नानी लामाको विशेष आतिथ्यतामा सम्पन्न हुने उक्त उद्घाटन कार्यक्रममा विभिन्न विधामा वर्षभरी सकृय र उत्कृष्ट ७ जना व्यक्तित्वहरुलाई सम्मान समेत गरिने जनाएको छ ।

उक्त कार्यक्रमा सामाजिक अभियन्ता तथा कान्छीमाया तामाङ फाउण्डेसनका अध्यक्ष डा. दिल बहादुर थोकर, चलचित्र क्षेत्र जगतमा परिचित तथा तामाङ चलचित्र संघका अध्यक्ष नायक कुमार मोक्तान, उत्कृष्ट नायिका चाँदनी मोक्तान, चलचित्र निर्देशक डिबी लामा, ताम्बाविद धन बहादुर तामाङ, तामाङ फापरे जुहारीबाट कविता थोकर र जंग बहादुर घिसिङ सम्मान गरिने यस संघका सचिव तथा मिडियाकर्मी बेल बहादुर थिङले जनाएको छ ।

तामाङ जातीको लोप हुन लागेको हरेक ऐतिहासिक विषयवस्तुलाई उठान गर्दै तामाङ वस्ती र समुदायसम्म जनचेतना, संस्कृति, परम्परालाई जगेर्ना गर्नको निमित्त आफु र आफ्नो संस्था संधै लागी पर्ने संघका अध्यक्ष मिक्मर तामाङले जनाएको छ ।

0Shares