काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका अध्यक्ष राजु लामाले समृद्ध पालिका निर्माणको लागि लगानी सम्मेलन गर्ने योजनामा रहेको बताएका छन् ।

ह्याङला वाफल युवा समाजले आयोजना गरिएको दोस्रो साधारण सभामा प्रमुख अतिथिको भुमिका निभाउँदै मन्तव्य दिने क्रममा समृद्ध लिसंखु पाखर निर्माणको लागि काठमाण्डौमा व्यवसायी गरेर बस्ने पालिका भरीकै आम व्यवसायीहरुलाई उक्त सम्मेलनमा जोडिनका निमित्त अनुरोध गरेका छन् । उनले भने, अब आउने दसैँ अगावै याे सम्मेलन गर्ने गरी तयारी गर्ने बताए ।

काठमाण्डौमा करोडौँ लगानी गरी व्यवसायी गरिरहेका व्यवसायीहरुलाई केही प्रतिशत लगानी गरी गाउँपालिकामा उद्योग संचालन गर्न समेत अनुरोध गरेका छन् । उद्योग संचालनमा चाहिने पूर्वाधार विकास भने गाउँपालिकाले गरिदिने बताए । उद्योगसम्म जाने सडक, बिजुली, खानेपानी, र भवन निर्माणमा पालिकाले अनुदान दिने उनले बोलेका छन् ।

थपमा उनले भने, युवा लगानी कर्ताहरुले विशेष गरी कृषिमा जोड दिन अनुरोध गरेका छन् । युवाहरुको कृषि समुह गठन गरी प्रत्येक वडामा कृषि फार्म संचालन गरेमा फार्मसम्म पुग्ने सडक, बिजुली लगायत पूर्वाधार विकासमा गाउँपालिकाले अनुदान दिने बताए । कृषि सहजीकरणको लागि कृषि एम्बुलेन्स राख्ने, प्रत्येक वडामा कृषि जेटीए राख्ने, अर्गानिक कृषि उपज उत्पादनमा जोड दिने र उक्त उत्पादन भएका वस्तुलाई सहरसम्म लाने व्यवस्था मिलाईने पनि बताए ।

गाउँपालिका भरीमा उत्पादन हुने उक्त अर्गानिक कृषि उपजलाई सहरमा हाम्रो छुट्टै बिक्री केन्द्र खोली हाम्रै बिक्रेताले बिक्री गर्ने बताए । काठमाण्डौमा बिक्री केन्द्र तथा स्टलहरु बनाउन पनि गाउँपालिकाले सहयोग गर्ने बताए । सडकहरुको स्तरोन्नती गरेर निशुल्क यातायातको व्यवस्था गरी विद्यार्थी संख्या थोरै भएका विद्यालयहरु सहमतिमा ल्याएर शिक्षालाई गुणस्तरिय ढंगले अघि बढाउँदै साझा रुपमा संचालन गर्ने पनि बताए ।

यसो गर्दा सहरमा गुजरा चलाउन तथा बालबच्चा पढाउन धाउधाउ हुने परिवारहरु गाउँमा गएर सुखी अनि खुशी हुन सक्ने, परिवारका श्रीमान् श्रीमती गाउँमै स्वरोजगार भएपछि गहभरी आँसु बोकेर विमान स्थलबाट टाटा बाई बाई गरी विदेशीनु नपर्ने बताए ।

लामा हालै सम्पन्न भएको स्थानिय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकामा नेकपा माओवदी केन्द्रबाट सानदार जीत हासिल गरेका गाउँपालिका अध्यक्ष हुन् ।

0Shares