४ असोज, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण देखिएका कोरोना संक्रमितहरुलाई मात्र अस्पताल भर्ना गर्न/गराउन सूचना जारी गरेको छ । आइतबार नियमित प्रेस ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षणसहितका संक्रमितहरुलाई मात्र भर्ना लिन अस्पतालहरुलाई सूचना जारी गरेको हो।

त्यस्तै, कोरोना संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुले सम्पर्कमा आएको ५ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने र छैटौं दिनमात्र पीसीआर टेष्ट गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई छाडेको छ ।

प्रवक्ता डा. गौतमले भने, ‘आइन्दा आइसोलेशनको व्यवस्थापन चाँहि स्थानीय तहले गर्नुपर्नेछ । स्थानीय तहले आइसोलेशनको व्यवस्थापन गरिसकेपछि होम आइसोलेशन वा संस्थागत आइसोलेशनमा १४ दिन राखिसकेपछि अनिवार्य डिस्चार्ज गर्न पनि हामी आग्रह गर्दछौं ।’

1Shares