दोलखा । विद्युत सर्ट भई घरमा आगलागी हुँदा दोलखामा एक वृद्वको निसास्सिएर ज्यान गएको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा न १ स्थित ठाडे मगर टोलमा निद कुमारी मगरको घरमा विद्युतीय लाइन सर्ट भई घरको निदलबाट आगोलागी हुँदा झ्याल, ढोका बन्द भएको कारणले निसास्सिएर वर्ष ८५ को सोही निद कुमारी मगरको सुतिरहेकी स्थानमा ज्यान गएको स्थानिय युवा सेरफ मोक्तानले हामीलाई फोनमार्फ जानकारी दिएका हुन् ।
विहान करिब ४ बजेतिर घटना घटेको जनाए । सोही स्थानमा ३ कुखुरा र १ वटा बाख्राको पाठोको समेत ज्यान गएको छ । अहिले प्रहरीको टोलीद्वारा थप अनुसन्धान भईरहेको जनाए ।
तस्विर: सेरफ मोक्तान