विकास ग्यावा तामाङ
११ असार, सिन्धुपाल्चोक। शनिबार लिसंख पाखर गाउँपालिकामा १ दिने परम्परागत तम्बा संस्कृति संरक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
लिसंखुपाखर गाउँपालिकाको अार्थिक सहयोगमा तम्बा संघ नेपालको स्थानीय कमिटी तम्बा खोर लिसंखुपाखर गाउँपालिकाले कार्यक्रमको अायोजना गरेका हुन् ।
तम्बा खोर लिसंखु पाखरका अध्यक्ष बयान बहादुर घिसिङको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अातिथ्यता स्थानीय सरकार लिसंखु पाखर गाउँपालिकाको उपाध्यक्ष मिठु देवी लामाले गरेका हुन् भने बिशेष अतिथिको रुपमा तम्बा संघ नेपालको केन्द्रीय अध्यक्ष धावा वाङ्गेल मोक्तानको उपस्थिति थियोे ।
वाङ्गेलले सहभागी स्थानीयहरुको विभिन्न जिज्ञासाहरुलाई समेटेर तम्बा के हो, तम्बा विधि कसरी गर्ने र यसको संरक्षण सम्बर्द्धन बारे अन्तरक्रिया गरेका छन् ।
तस्विर: विकास ग्यावा तामाङ
















