लिसंखु पाखरमा राजु लामाको शानदार जीत

Byadmin

५ जेष्ठ २०७९ ५ जेष्ठ २०७९ ५ जेष्ठ २०७९

सिन्धुपाल्चाेक । जिल्लाकाे लिसंखु पाखर गाउँपालिकामा नेकपा माआेवादी केन्द्रकाे शानदार जीत भएकाे छ ।

गाउँपालिकाकाे अध्यक्ष पदमा राजु लामा ३ हजार ९ सय २५ भारी मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार जेठा तामाङले ३ हजार १९ मत ल्याएका थिए । लामाले तामाङलाई ९ सय ६ मत अन्तरले उछिनेकाे हाे । लामाले तामाङकाे गृह वडा ठुलाे पाखरबाटै अत्याधिक मत ल्याएर चमत्कार देखाएका छन् ।

गाउँपालिकाकाे उपाध्यक्ष पदमा भने नेकपा एमालेबाट मिठुदेवी लामा निर्वाचित भएकी छन् । उनले ३ हजार २ सय ५१ मत प्राप्त गरेकी छन् । उनले प्रतिद्वन्दी नेकपा माआेवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार राम माया तामाङलाई मात्र १ सय ४५ मतले पछि पारेकी छन् ।

0Shares