निर्वाचन आउन थोरै दिनमात्र बाँकी रहेको छ । चहलपहल बढ्नु स्वभाविक हो । यस्तै चहलपहल सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकामा पनि बढेको छ ।
जिल्लाको लिसंखु पाखर गाउँपालिका नेकपा माओवादी केन्द्रको राम्रो पकड मानिएतापनि गएको निर्वाचनमा थोरै मत अन्तरले हार बेहोर्नुपरेको थियो । यो पटक भने जीत हात पार्ने अठोटका साथ सिंगो पालिकाका पार्टी कमिटिका नेता एवम् कार्यकर्ताहरु लागी परेका छन् । यस गाउँपालिकामा यो पटक पनि गत निर्वाचनमा हार व्यहोरेका उम्मेदवार राजु लामालाईनै सर्वसम्मत अघि सारेका छन् । २०७४ सालको निर्वाचनमा कमल नेपालसंग ३० मतले हार बेहोरेका नेता लामा यस पटक भने बलियो आधार बनाएर उभिएको छ । शिक्षक पेशाबाट राजीनामा दिएर कलिलै उमेरमा राजनीतिमा होमिएका नेता लामा जनताले रुचाएका र यस क्षेत्रको आम युवाहरुको नेताको रुपमा लिईन्छ ।
नेता लामाको नाम सिफारिस भएसंगै पार्टीका आम युवा कार्यकर्ताहरु खुसीका साथ एक भएर हिँडिरहेका छन् । यस क्षेत्रमा आसा लाग्दो युवाको रुपमा नेता लामालाई लिएको छ । राजनीतिमा होमिनु पूर्व नेता लामा यस गाउँपालिका अन्तर्गतको वडा नं. २ लिसंखु स्थित नारगाउँमा रहेको जनसहयोग माविको प्रधनाध्यापक हुन् । उनी यस क्षेत्रमा गणित विषयको राम्रो शिक्षकको रुपमा आफुलाई चिनाउन सफल व्यक्ति हुन् । लामा समय मिलाएर पालिका भरिकै हरेक सामाजिक कार्यहरुमा सक्रिय रहदै आएका युवा नेता हुन् । यस पटक भने जीतको हिसाब सुनिश्चित गरीसकेको उनले भने ।
हामीसंगको छोटो टेलिफोन कुराकानीमा उनले भने लिसंखु पाखरका जनताले यस पटक कुनै पनि गल्ती नगरीकन आफुलाई जिताउन अनुरोध गरेका छन् । थपमा उनले भने, लिसंखु पाखरका आम युवाहरुको निमित्त युवा स्वरोजगार कार्यक्रमलाई छिटोभन्दा छिटो अगाडि बढाउने बताए ।
पालिकावासीको संकल्पले सार्थकता पाउन भने वैशाख ३० गतेको निर्वाचन कुर्नु पर्नेछ ।