सिन्धुपाल्चाेक । जिल्लाकाे लिसंखु पाखर गाउँपालिका अन्तर्गत वडा न‌ं २ लिसंखुमा हुने ऐतिहासिक महत्व बाेकेकाे कालाेपाटी जात्रा याे वर्षबाट पुन सुचारु हुने भएकाे छ ।

यस भेगका स्थानियहरुले मनाउँदै आईरहेको ऐतिहासिक महत्व बोकेको कालोपाटी जात्रा यो वर्ष भने दिउँसोको समयमा हुने भएको छ । वर्षमा एकपटक हुने जात्रा कोरोना महामारीका कारण रोकिएको थियो । यसभन्दा अघिल्लो वर्षहरुमा भने यो जात्रा रातको समयमा हुने गर्दथ्यो ।

यसै वडाका जनप्रतिनिधि, समाजसेवी, वुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरु बसेर यो निर्णय गरेको हो ।
जात्रा यही जेठ २८ गते शनिबारका दिन विहान सात बजेदेखि दिउँसोको समयमा संचालन हुने जानकारी गराएको छ ।

 

0Shares