असाेज ८, सिन्धुपाल्चाेक । परदेशी भुमी दुवई देखि न्यानाे कपडा पाेशक वितरणका लागि आएका आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा युएईलाई रमा माविले भव्य स्वागत गरेकाे छ ।
बालबालिकाको शिक्षामा लगानी, सुनिश्चित भविष्यको थालनी, शिक्षित समाज देश विकासको आधार, आजको बालबालिका भोलिको कर्णधार भन्ने मूल नारा बाेक्दै विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री पाेषक वितरण गर्ने क्रममा महासंघलाई सिन्धुपाल्चाेक जिल्ला लिसंखु पाखर गाउँपालिका वडा नं. ४ मा रहेकाे श्री रमा माध्यमिक विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुले फूलमाला सहित भव्य स्वागत गरेकाे हाे । स्वागत गर्ने क्रममा यसै विद्यालयका शिक्षक पञ्चमान तामाङले माथित चाइना बाेर्डर गेट, युवा महासंग संग भयाे भेट भन्दै डम्फुमा गीतमा खुसी साटासाट गर्दै कार्यक्रमलाई झनै राेचक बनाएकाे थियाे ।
महासंघलाई नृत्य मार्फत पनि स्वागत गरेका थिए । यसै विद्यालयमा अध्ययनरत विद्यार्थी छात्रा रिन्छेन तामाङले सेलाे गीतमा आफ्नाे नृत्य प्रस्तुत गरेर पाहुनाकाे मन जित्न सफल भएकी छन् । त्यसै गरी अर्की छात्राद्वय स्मृति श्रेष्ठ र जेनिसा लामाले पनि नृत्य प्रस्तुत गरी झनै पाहुनाहरुकाे मन जितेकी थिईन् । तीनै जना छात्राहरुलाई प्राेत्साहन स्वरुप महासंघले पाँच सयका दरले रकम पनि प्रदान गरेका थिए ।
शैक्षिक सामग्री वितरण गर्ने क्रममा महासंघले यस विद्यालयमा अध्ययनरत ७३ जना विद्यार्थीहरुलाई पाेशक वितरण गरिएकाे छ । पाेशक वितरण संगै महासंघले यसै विद्यालयकाे अक्षय काेषमा जम्मा हुने गरी पाँच हजार रुपैयाँ प्रदान गरेकाे छ ।
आफू यस विद्यालयकाे प्रधनाध्यपक भएकाे छाेटाे समयमानै यस्ताे खालकाे सहयाेग आएकाेमा अत्यन्तै खुशी हुँदै धनलाल तामाङले महासंघका प्रतिनिधिहरुलाई धन्यवाद दिँदै खुसी साटेका थिए । साथै आगामी दिनहरुमा पनि यस्तै खालका सहकार्य गरिरहन अनुराेध पनि गरेका छन् । यस विद्यालयमा अब छिट्टैनै विद्यालयकाे अक्षय काेष खडा गरिने र काेषमा शिक्षाप्रेमी व्यक्तिहरुले स्वईच्छाले रकम जम्मा गर्न सकिने बताए ।
कार्यक्रममा बाेल्ने क्रममा यसै विद्यालयमा प्रावि तहसम्म अध्ययन गरेका मकर माेक्तानले आफ्नाे संस्थामार्फत सानाे सहयाेग लिएर आउन पाउँदा सार्है खुसी भएकाे व्यक्त गरे । गरिबी र अभावका कारण मात्र चार कक्षासम्म अध्ययन गर्न पाएका माेक्तानले बीचमै पढाईलाई बीट मार्दै सानै उमेरमा विदेशिनु परेकाे थियाे । आफु धेरै वर्षपछि आफै अध्ययन गरेकाे विद्यालयमा आईपुग्दा निकै परिवर्तन र विकासलाई देखेर अत्यन्तै खुसी व्यक्त गरे । आफू जस्ताे दुख झेल्न नपराेस भन्दै माेक्तानले यस विद्यालयमा अबका हरेका कार्यक्रमलाई भाैतिक नैतिक र आर्थिक सहयाेग गर्ने पनि बताए । माेक्तान हाल महासंघकाे जनसम्पर्क सचिव हुन् ।
परदेशी भुमी दुवईमा रहेका मनका धनी शिक्षाप्रेमी युवाहरुकाे संलग्नतामा याे संस्था सुचारु गरिएकाे महासंघका कार्यकारी अध्यक्ष गाेपाल श्रेष्ठले बताए । आफ्नाे संस्ठामार्फत ग्रामिण भेगका विद्यार्थीहरुलाई केही हतसम्म सहज हाेस भन्ने हेतुले सानाे सहयाेग गरेकाे बताए । यसरी सहयाेग लिएर आउँदा गरेकाे याे भव्य स्वागतले आफू अत्यन्तै खुसी भएकाे बताए । थपमा उनले भने याे सहयाेग कुनै पनि विदेशी संस्थाकाे नभएर यस संस्थामा आवद्व प्रतिनिधिहरुले महिनाकाे तलबकाे केही हिस्सा जम्मा गरेर ल्याएकाे पनि बताए ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुप चन्द्र लामाले गरेका थिए । यसरी आफ्नाे विद्यालयमा सहयाेग आएकाेमा खुसी व्यक्त गर्दै महासंघलाई धन्यवाद व्यक्त गरेका थिए । विशेष गरी आदिवासी युवाहरुकाे साझा संस्थाले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई पाेशक वितरण गरेकाेमा धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रममा आदिवासी जनजाति युवा महासंघका यूएई सल्लाहकार डि. बी. लुङ्गेली मगर, कार्यकारी अध्यक्ष गोपाल श्रेष्ठ, महासचिव सबिन मोक्तान, जनसम्पर्क सचिव मकर मोक्तान, समाजसेवी प्रेम कुन्साङ घिसिङ लगायतको उपस्थिति रहेको थियो । साथै विद्यालयका शिक्षक शिक्षिका, व्यवस्थापन समितिका सदस्यहरू, पूर्व विव्यस अध्यक्षहरु, शिक्षाप्रेमी, अभिभावक र विद्यार्थीहरू पनि कार्यक्रममा सहभागी थिए ।
महासंघले गएकाे वर्ष झापा, काभ्रे, स्याङ्जा र याे वर्ष माेरङ, चितवन र सिन्धुपाल्चाेक गरी छ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेकाे छ ।