२७ पाैष २०८० काठमाडाै । पाँचपाेखरीकाे भाेटेनाम्लाङ्गमा नाम्लाङ्ग चिलिङ जात्रा तथा वृहत सांस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

धर्म, भाषा, संस्कृति हाम्राे पहिचान, नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण गर्नु हामी सबैकाे अभियान, भन्ने मूल नारा बाेक्दै २०८० माघ १ गते साेमबारकाे दिन पाँचपाेखरी थाङ्पाल गाउँपालिका वडा नं ७ भाेटेनाम्लाङ्गमा जात्राका साथै वृहत सांस्कृतिक कार्यक्रम हुने भएकाे हाे । उक्त सांस्कृतिक कार्यक्रममा मनाेरञ्जनात्मक रुपमा वेजाेड सांगीतिक प्रस्तुति दिनका लागि चर्चित सेलाे गायक आस्मान लाेप्चन, सेलाे गायिका राेशना लुङ्बा, दाेहाेरी गायिका गीता याेञ्जन, सेलाे गायिका पूजा बम्जन, खन्दाेके गायक प्रेम याेञ्जन र हाँस्या कलाकार विशाल तामाङकाे जम्बाे टाेली जाने भएकाे छ । साथै त्यहाँका स्थानिय झाँक्री प्रस्तुति पनि हुने जनाएकाे छ ।

नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण समितिकाे आयाेजनामा हुन गईरहेकाे यस कार्यक्रमलाई बागमती प्रदेश सभा सदस्य मा. कृष्ण कुमार तामाङ समिरले प्रमुख अतिथिकाे भुमिका निर्वाह गर्नुहुने र कार्यक्रमकाे संचालन तामाङ चलचित्रका चर्चित नायिका तथा माेडल सुनिता लुङ्बाले गर्ने कार्यक्रम संयाेजक तथा समितिका सचिव अमिर याेञ्जन तामाङले जनाएकाे छ ।

यस स्थानमा प्रत्येक वर्षकाे माघ १ गतेका दिन ठूलाे मेला लाग्ने जनाएकाे छ । यस चिलिङ मन्दिरमा दर्शन गर्नका लागि विभिन्न ठाउँबाट मानिसहरु आउने गरेकाे जनाएकाे छ ।

0Shares