पहिराेका कारण वडा अध्यक्षकाे घर जाेखिममा

Byadmin

३ आश्विन २०७७ ३ आश्विन २०७७ ३ आश्विन २०७७

संगम लामा, लिसंखुपाखर, सिन्धुपाल्चोक/
      लिसंखुपाखर गाउँपालिका वडा न.१का वडा अध्यक्ष पसाङलाल तामाङको घर पहिराेका कारण जोखिम अबस्थामा रहेको छ।

अविरल वर्षका कारण घरको आगनमै पहिरो गएको हाे। सिन्धुपाल्चोक जिल्ला भौगोलिक बनावटका कारण वर्षेनी जनताले एकपछि अर्को प्राकृतिक बिपत्ति बेहोर्नु परिरहेको बेला गएकाे असाेज १ गते मध्यरात ठुलोधादिङ-१ का वडा अध्यक्ष तामाङको घरको पुरै आगनमा पहिरो गएको थियो। १७ मिटर लम्बाई पहिरो गएकोले घरमा बस्न नहुनेगरी उच्च जोखिममा रहेको तामाङले बताए ।

81Shares