निर्वाचन आयोगले केशव स्थापितलाई स्पष्टीकरण सोध्यो

Byadmin

१९ बैशाख २०७९ १९ बैशाख २०७९ १९ बैशाख २०७९

निर्वाचन आयोगले नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकाको लागि मेयरमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ।

काठमाडौंको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उलंघन गरेको उजुरी आएको भन्दै  स्थापितलाई गत २४ घण्टाभित्र प्रश्नको स्पष्टीकरण दिन भनेर पत्र पठाएको हो।

आयोगले केशव स्थापितसहित महिला पुनर्स्थापना केन्द्र (ओरेक) र नेशनल कलेजलाई पनि स्पष्टीकरण सोधेको छ। ओरेक र नेशनल कलेजलाई भने तीन दिनभित्र स्पष्टीकरण दिन भनेकाे छ।

स्थापित काठमाडौं महानगरको पूर्व मेयरसमेत हुन्। उनले पुन: एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्।

0Shares