निर्वाचन आयाेगद्वारा मतपत्र सार्वजनिक । यस्ताे छ नमुना

Byadmin

१८ बैशाख २०७९ १८ बैशाख २०७९ १८ बैशाख २०७९

वैशाख १८ , काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक गरिएको छैन ।

आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् ।

तपाईंको जिल्लामा प्रयोग हुने नमूना मतपत्र हेर्नु यहाँ क्लिक गर्नुहोस्– आफ्नाे जिल्ला छान्नुहाेस ।

0Shares