काठमाण्डौ । यही असार ३२ गते शनिवार जमल नाँचघरमा प्रदर्शण हुन गईरहेको तामाङ कथानक चलचित्र दार्बुङको सम्पूर्ण तयारी पूरा भएको छ ।
नायक हुत्त सञ्जय लामा र नायिका सुनिता लुङ्वाको मुख्य अभिनयमा समेटिएको चलचित्र दार्बुङ प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको क्षितिज न्यूजसंग फोनमार्फत कुरा गर्दै नायक लामाले जनाएको हो । थपमा उनले भने विगतमा झैँ भईरहेको हरेक किसिमका प्राविधिक समस्याहरुलाई मध्यनजर गर्दै कुनै पनि समस्या नआउने गरी तयार भएको बताए ।
हुत्त सञ्जय र अर्जुन खड्का द्वारा निर्देशित चलचित्र ‘दार्बुङ’ लाई सुरज श्रेष्ठले द्धन्द निर्देशन, अर्जुन खड्काले सम्पादन, दिपक तामाङले मिक्सिङ, प्रज्वल राउतले छायांकन, कर्साङ लामाले पार्श्व संगीत गरेका छन । निरमाया घिसिङको कथा, लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको उक्त चलचित्रलाई पर्खाई मोक्तानले सह९निर्माण गरेका हुन ।
त्यसैगरी मान बहादुर तामाङ,करेशा वाइवा,सुस्मिता तामाङ, राम तामाङ,सुनमाया तामाङ सिर्जना गोले,डोमो ह्योल्मो,पेमा योञ्जन तामाङ, दिपेश लामा, रुदेन माझी, हिरन माझी,क्रीष्टल मगर, मायादेवी मोक्तान, भुईसाल लामा, राजकुमार तामाङ,इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तान लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
चलचित्र ‘दार्बुङ’ स्व. जयनन्द लामाको अन्तिम तामाङ चलचित्र समेत हुन ।