जुगलका कांग्रेस नेता जयबहादुर लामा एमालेमा प्रवेश

Byadmin

१० बैशाख २०७९ १० बैशाख २०७९ १० बैशाख २०७९

बैशाख १०, काठमाडाै । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा नेपाली कांग्रेसबाट  अध्यक्षका आकांक्षी जयबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई आज एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले एमालेमा स्वागत गरेका हुन् ।

त्यस्तै गरी वडा नम्बर पाँचका अध्यक्ष सन्त अधिकारी पनि एमाले प्रवेश गरेका छन्।  काँग्रेसबाट वडा न‌‍ ३ मा अध्यक्ष जितेका सानुकान्छा तामाङ पनि एमाले प्रवेश गरेका छन् । लामाका छोरा तरुण दलका जिल्ला उपसभापति सहित दर्जन बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

जुगलमा कांग्रेसबाट हिमाल श्रेष्ठले टिकट पाउने भएपछि उनीहरु एमाले प्रवेश गरेका हुन् ।  एमालेले उनलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

0Shares