काठमाण्डौ । सामाजिक अभियन्ता तथा कान्छी माया तामाङ फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर थोकरले चिकित्सा क्षेत्रबाट समुदाय स्तरमा हरपल सेवा दिन तयार रहेको बताएका छन् ।
गएको असार ११ गते शनिवार बौद्ध स्थित यङ्ग्रीमा हिलसिटी होटलमा केशरी तामाङको सिन्धु त पाल्चोक लेकैमा भिडियो गीत विमोचन समारोह कार्यक्रम मार्फत उनले यसो भनेका हुन् । उनकै आमा कान्छी माया तामाङको सम्झनामा स्थापना गरिएको कान्छी माया तामाङ फाउण्डेशनमार्फत थुपै्र स्थानहरुमा आर्थिक तथा विभिन्न किसिमका सामग्रीहरु वितरण गर्दे आईरहेका छन् ।
विगतको कोरोना महामारीमा पनि चिकित्साको भूमिकामा अहोरत्र खटेका दिल बहादुर दुखी गरीबीहरुको मन मुटुमा सझिसकेको व्यक्ति हुन् । उनी दुखी मान्छेलाई हेर्न नसकिने खालको व्यक्ति भएकै कारण कुनै ठाउँमा खबर आएमा सहयोगी हात भएर उभिएको पाईन्छ । विभिन्न विद्यालयहरुमा विद्यार्थिहरुलाई शैक्षिक सामग्री लगायत शिक्षक, विद्यार्थी तथा अभिभावहरुलाई निशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श र स्वास्थ्य सिविर सञ्चालन गर्दै आईरहेको छ । हिमाल, पहाड र तराई जता भएपनि विभिन्न संघ संस्थासंग समन्वय गर्दै सामाजिक सेवामा अग्रसर हुँदै आईरहेको छ ।
गाउँघर वा जुनसुकै ठाउँमा स्वास्थ्य सम्बन्धी कार्यक्रम, परामर्श तथा स्वास्थ्य सिविर सञ्चालन गर्नु परेमा आफू तथा कान्छी माया तामाङ फाउण्डेशनलाई सम्झिन आग्रह समेत गरेका छन् ।
तस्विरः दावा तामाङ