
सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगपालिका ७ नागपुजे पहिरोपीडितहरुलाई राजू लामा फाउण्डेशनले खाद्यान्न राहत वितरण गरेको छ । भोटेकोसीका अध्यक्ष राज कुमार पौडेलको समन्वयमा राजू लामा सहितको टोलीले आज राहत वितरण गरेको हो ।
भोटेकोसी गाउँपालिकाका १ सय २१ र नागपुजेका ७९ पीडित परिवारलाई दाल, चामल, नून, तेल, मस्यौरा लगायत खाद्य सामग्री वितरण गरिएको छ।
यो फाउण्डेशन मंगोलियन हार्टका गायक राजु लामाद्वारा संचालन गरिएको हो ।