काठमाण्डौ । सामाजिक अभियन्ता तथा तामाङ जुहारी कलाकार संघकी विदेश विभाग प्रमुख केशरी तामाङको सिन्धु त पाल्चोक लेकैमा गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला उप सभापति दोर्जे लामाको प्रमुख आतिथ्यतामा र भोटेकोशी गाउँपालिकाको अध्यक्ष पासाङ नुर्पु शेर्पाको विशेष अतिथिमा गएको असार ११ गते शनिवार बौद्ध स्थित यङ्ग्रीमा हिलसिटी होटलमा सम्पन्न विमोचन समारोह कार्यक्रम मार्फत उक्त गीतलाई सार्वजनिक गरेको हो । विशाल पाख्रिनको शब्द संगीतमा बनेको यस गीतमा विशाल पाख्रिन र केशरी तामाङको स्वर रहेको छ । यस गीतलाई निश्चल योञ्जनद्धारा एरेन्जर गरिएको छ भने कलाकारको मुख्य भुमिकामा स्वयं केशरी तामाङ, अजिता राना मगर, बाबु शेर्पा, ल्हासाङ शेर्पा लगायतको अभिनय रहेको छ ।

आफ्नो हरेक समस्यालाई थाती राखेर परदेशी भुमिदेखिनै सामाजिक क्षेत्रमा अग्रसर रहेकी सामाजिक अभियन्ता तामाङको भने यो तेस्रो एल्बम हो । यस भन्दा अगाडि राम्री तरुणी र चैत त पुर्णेको मेलैमा गीत बजारमा आईसकेको छ । यस भिडियो गीतलाई अन्जना क्रियसनले बजारमा ल्याएको छ ।

तस्विरः दावा तामाङ

 

0Shares