क्षितिज सम्बादाता ,काठमाडौं /
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरीदिनुहुन सबैलाई आग्रह गरेका छन। कुलमानलाई प्राधिकरणमा पुनः नियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शन हुदै आएका छन।
स्वत:स्फुर्ती सडकमा उत्रिएका समर्थकहरुलाई प्रहरीले दमन समेत गर्दै आएको छ।आफ्नो समर्थकमा हुदै आएको प्रदर्शन प्रति गम्भीर ध्यानाकर्षण भएको कुलमानले बताए ।
उनले आज शनिवार बिज्ञाप्ति जारी गर्दै भनेका छन`नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनः नियुक्तिको माग गर्दै केहि दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउमा भैरहेको प्रदर्शनप्रति मेरो ध्यानाकर्षण भएको छ´।
बिश्वब्यापी रूपमा फैलिएको कोभिड-१९का कारण नेपालमा पनि अक्रान्ता भएको बेला आफ्नो पक्षमा प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारी संवेदनशिल अबस्थामा सडकमा भिडभाड गरि प्रदर्शन नगरी दिनुहुन कुलमानले समर्थकलाई अनुरोध गरेका छन् ।