काठमाडौं महानगरपालिका मेयरमा बालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । १ लाख १८ हजार २४० मतगणना हुँदा साहले ४१ हजार ७६७ मतसहित फराकिलो अग्रता लिएका हुन् ।                    उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ३७५ मतसहित पछ्याइरहेको अवस्था छ । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार ३५४ मत पाएका छन् ।                                                  यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ४२ हजार ४९४ मतसहित अग्रस्थानमा छिन् । उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १४ हजार ९२२ मतका साथ पछ्याइरहेका छन् ।

0Shares