असाेज ५, काठमाडाै । विगत लामाे समयदेखिनै सकृय रहेकाे आदिवासि जनजाति युवा महासंघ नेपाल शाखा युएईले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानाे कपडा हस्तान्तरण गरिएकाे छ ।

बालबालिकाको शिक्षामा लगानी, सुनिश्चित भविष्यको थालनी, शिक्षित समाज देश विकासको आधार, आजको बालबालिका भोलिको कर्णधार भन्ने मूल नारा बाेक्दै महासंघले उदघोष गरिएको शैक्षिक सामाग्री हस्तान्तरण २०८१ को महान अभियानकाे दोस्रो चरण अन्तर्गत पहिलो बिद्यालय मोरङ जिल्लाको उर्लाबारी १ मा रहेको श्री लक्ष्मी मावि का ८१ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हाे । त्यसैगरी चितवन जिल्ला स्थित खैरहनी नगरपालिका वडा नं. ४ सिद्विपुरमा रहेकाे श्री चण्डी राष्ट्रिय आधारभुत बिद्यालयमा पनि शैक्षिक सामग्री अन्तर्गत न्यानाे कपडा वितरण गरिसकेकाे छ । दाेस्राे चरण अन्तर्गत यसपटक ३ वटा विद्यालय छनाैट भएकाेमा सिन्धुपाल्चाेक जिल्ला लिसंखु पाखर गाउँपालिका वडा नं. ४ मा रहेकाे श्री रमा माविमा मात्रै बाँकी रहेकाे र उक्त विद्यालयमा भने यही कार्तिक ७ गते शैक्षिक सामग्री वितरण गरिने महासंघका कार्यकारी अध्यक्ष गाेपाल श्रेष्ठले बताउनु भएकाे छ ।

यस अघि काभ्रे जिल्ला, स्याङ्जा र झापामा गरी तीन वटा विद्यालय छनाैट गरेर शैक्षिक सामाग्री बितरण गरिसकेको छ । विगत दुई वर्ष देखि हरेक वर्ष तीन वटा विद्यालयलाई पठन पाठनमा टेवा पुग्ने गरी सहयोग गर्दै आएको संघले आगामि दिनमा पनि यसरीनै वैदेशिक राेजगार र संस्थामा आवद्व रहेका युवाहरुबाट कमाएको रकमको केही हिस्सा संघमार्फत बिद्यार्थी हरुको लागि छुट्टाउने बताएका छन् ।

तस्विर हेर्नुहाेस् ।

0Shares