अत्याधिक रक्तस्रावका कारण प्युठानमा सुत्केरीको ज्यान गयो

Byadmin

५ आश्विन २०७७ ५ आश्विन २०७७ ५ आश्विन २०७७

काठमाडौ, ५ असोज। अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ ।

सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी २५ वर्षीया नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ ।

आज बिहान २ बजे छोरा जन्माएपछि रक्तस्रावका कारण बिहान ७ बजे सिंहको मृत्यु भएको अस्पतालका नर्सिङ इञ्चार्ज नेहा थापाले बताईन । शिशुको स्वास्थ्यमा समेत समस्या देखिएकाले बुटवल रेफर गरिएको उनले जानकारी दिएका थिईन।

रोल्पाबाट सुत्केरी गराउनका लागि आइतबार बेलुकी सिंहलाई अस्पताल ल्याइएको थियो । (रासस)

0Shares